ट्रम्पले नयाँ बर्षकाे शुभकामना दिँदै भने ‘यो चेतावनी होइन, धम्की हो’

पुस १६, अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् । 

इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो ।   

नयाँ वर्षको पूर्व सन्ध्यामा  राष्ट्रपति ट्रम्पले यसका लागि इरानले कुनै क्षती र कसैको मृत्यु भए ‘निकै ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् । 

Image result for ट्रम्प

  

  

‘यो चेतावनी होइन, धम्की हो,’ उनले भने । यससँगै उनले नयाँ वर्षको शुभकामनासमेत दिएका छन् । अमेरिकी रक्षा सचिव मार्क एस्परले करिब ७ सय ५० सैनिकलाई उक्त क्षेत्रमा तैनाथ गरिने जानकारी दिएका छन् । 

‘संयुक्त राज्यले हाम्रा मानिस र हामीमा रुची राख्ने संसारभरी छरिएका व्यक्तिहरुको रक्षा गर्नेछ,’ उनले ट्वीटरमा लेखे । 

यद्यपि, इरानले ट्रम्पले आरोप लगाउन ‘दुस्साहस’ गरेको भन्दै खण्डन गरेको छ । 

इराकस्थित अमेरिकी राजदूतावासमा प्रदर्शनकारी पुग्न सकेको धेरै वर्षपछि यो पहिले घटना हो । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने हुन्छ । 

प्रदर्शनकारीहरूले हासेद अल–शावीको झण्डा बोकेका देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् । उक्त समूह इराकी सशस्त्र समूहको सिया सञ्जाल हो र उसले इरानबाट प्रशिक्षण लिएको बताइने गरेको छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =