राष्ट्रिसभा निर्वाचन : उम्मेदवारले पाए निर्वाचन चिन्ह

पुष २५, काठमाडौं ।  आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारहरुलाई निर्वाचन प्रदान गरिएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावलीसंगै चुनाव चिनह प्रदान गरेको हो ।  आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्टी ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदूर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिएका छन् ।   

सबै उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जानकारी दिएको छ । यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन् ।   

निर्वाचन आयोगको स्वीकृत भएको कार्यतालिकाअनुसार प्रदेश १ को मोरङ जिल्लाको विराटनगर, प्रदेश २ को धनुषा जिल्लाको जनकपुर, प्रदेश ३ को ललितपुर जिल्लाको ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को दाङ जिल्लाको घोराही, कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको सिलगढीमा निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २५ गते बिहान १०ः०० बजेदेखि दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । त्यस्तै पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =