ट्याक्टरको टेलरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
२०७६ माघ २ गते

माघ २,बारा । बिहिबार बिहान बारामा ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बराको कलैया उपमहानगरपालिका–१८ मनगढवास्थित सडकमा नम्बर नखुलेको ट्याक्टरको टेलरमा ना१५ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२४ मनगढवा बस्ने स्थानीय व्यवसायी ३५ वर्षीय धुलन्दर कुमार गिरी रहेका छन् ।

हाल ट्याक्टर चालक फारार रहेको र उनको खोजी कार्य हुनुको साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








