इरानले आफ्नो सैन्य शिविरमा आक्रमण गरेपछि ट्रम्पले दिए यस्तो अभिव्यक्ति

पुष २३, एजेन्सी ।  इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो बयान बाहिरिएको छ ।  राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो बयान सार्वजनिक गरेका हुन् ।   

उनले ट्वीटमार्फत ‘सबै ठीक छ’ भन्दै  इरानको आक्रमणपछिको अवस्थामा चिन्ताजनक नरहेको बताएका छन् ।   

ट्रम्पले ट्वीट गर्दै यसो भनेका छन्, ‘‘सबै ठीक छ । इराकस्थित दुई अमेरिकी सैन्य आधारमा इरानबाट मिसाइल प्रहार भयो । अहिले हताहती र क्षतिको मूल्याङ्कन भइरहेको छ । हालसम्मको अवस्था ठीक देखिन्छ ।’ 

राष्ट्रपति ट्रम्पले आफ्नो सैनिकहरुको प्रशंसा गर्दै भनेका छन्, ‘हामीसँग विश्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधनयुक्त सेना छ । म भोलि विहान एक वक्तव्य निकाल्नेछु ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *