बुधबारदेखि खुल्लामञ्चमा पार्किङ निषेध

पुष २८, काठमाडौं । आगामी बुधबादेखि खुल्लामञ्चमा सवारी साधन पार्किङ गर्न नपाइने भएको छ ।  आगामी खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार काठमाडौं महानगरपालिकाले  माघ १ देखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो । 

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए । सोही अनुरुप महानगरले पनि खुल्लामञ्चलाई खुल्ला बनाउने निर्णय सहित सवारी साधन पार्किङमा निषेध लागाउन लागेको हो ।   

कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा रहेको खुलामञ्च हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त बनेको छ ।   

अकुपाई टुँडिखेल अभियन्ताहरुले केही समय अघि खुलामञ्चमा डोजर लगाएर माटो सम्याउनुका साथै सरसफाइसमेत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *