साबधान रहनुहोस्, आजबाट हिउँदे झरी सुरु हुँदैछ

पुस २८, काठमाडौं । पुसको अन्त्यतिर भएपनि हिउँदै झरी सुरु हुने भएको छ । आजबाट हिउँदै झरी सुरु हुने भएकोले जुनसुकै बेला पानी पर्न सक्ने मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।   

भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको हो । गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको हो । 

पूर्वानुमान महाशाखाका अनुसार भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक्त हावाको मात्रा पर्याप्त भएपछि हिउँदे झरी दोहोरिने भएको छ । यो चौँथो चरणको झरी गराउने वायु हो ।   

null

सोमबार भने दिनभर पहाडी भू–भाग सामान्यतया सफा नै रहने र तराईका भूभागहरुमा भने हुस्सु लाग्ने सम्भावना रहेको छ । 

रातिबाट देशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।   

सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *