संवैधानिक आयोगमा सरकारले तरवार झुन्ड्याएको छः कांग्रेस सहमहामन्त्री महत

माघ ४, स्याङ्जा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डा. प्रकाशशरण महतले सरकारले संवैधानिक आयोगमा बहुमतको तरबार झुन्ड्याएको आरोप लगाएका छन् ।   

स्याङ्जामा आज मुस्लिम संघ स्याङ्जाको अधिवेशनलाई उद्घाटन गर्दै डा. महतले सरकारले संवैधानिक आयोगलाई आफ्नो अनुकुलमा चलाएको समेत जिकिर गरे।   

नेकपाको सरकार बनेदेखि जनताले दुःख पाएको उनको भनाइ छ ।   

सरकारले सत्ताको आडमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुन्ठित पार्न खोजेको भन्दै यसका विरुद्ध कांग्रेसले सदन र संसदमा खुलेर प्रतिकार गर्ने बताए।   

उनले नेकपाका तीन तहका सरकारले अरबौको भ्रष्टाचार गरेको भन्दै जनतालाई त्यसका विरुद्ध लड्न तयार हुन पनि अपिल गरे।   

राजनीतिक विचारधाराका आधारमा विकास निर्माणका गतिविधिमा भेदभाव गर्ने कार्यको अहिलेको सरकारले सुरुवात गरेको भन्दै यो निकै दुर्भाग्यपूर्ण भएको उनी बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =