प्रेमिका घिमिरेसँग बैवाहिक बन्धनमा बाँधिए क्रिकेटर सोमपाल कामी

माघ १६, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिएका छन् । आफ्नी प्रेमिका प्रतिभा घिमिरेसँग आज (बिहीबार) सोमपाल बैवाहिक बन्धनमा बाँधिएका हुन् ।   

प्रतिभा धनगढीकी हुन् । उनीहरुले ४ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । उनीहरुले राजधानीको एक मन्दिरमा विवाह गरेका हुन् । 

सोमपाल दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । 

उनका पिता कामको सिलसिलामा भारतको पन्जाब तीरै बसेका कारण उनको बाल्यकाल पन्जाबमै क्रिकेट प्रेममा बित्यो ।   

त्यहाँ उनले विभिन्न क्रिकेट टुर्नामेन्टहरुमा आफ्नो सहभागिता जनाएका थिए जसमध्ये सबैभन्दा महत्वपुर्ण उनले इन्डियन प्रिमियर कर्पोरेट लिगमा उसको कप्तानीलाई मान्न सकिन्छ । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा विश्वकप छनौटको लागि समावेश गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =