कानूनमन्त्री काठमाडौं आएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

फाइल तस्विर 

माघ १७, काठमाडौं । आज (शुक्रबार) का लागि तय भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।   

सुदूरपश्चिम प्रदेशसभाको आजका लागि तय भएको बैठकमा एफएम रेडियो र टेलिभिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई विषयगत समितिमा लैजाने कार्यसूची थियो ।   

Image result for सुदूरपश्चिम प्रदेशसभा

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह बुधबारदेखि जारी नेकपा केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको हो ।   

आन्तरिक मामिला तथा कानूनमन्त्री नआउने भएपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *