चीनले अतिक्रमण गर्न खोजे उसलाई महँगो साबित हुनेछ : ताइवानी राष्ट्रपति

माघ १, काठमाडौं । ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले वास्तविकताको सामना गर्न तथा ताइवानप्रति सम्मान दर्शाउन आवश्यक रहेको बीबीसीलाई बताएकी छन्बे इजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन्। 

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ। उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ। 

वार्ता 

साइ यिङ्ग वुन

राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताइन्। निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले भनिन्, ‘हामीले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक छैन।’ 

‘हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ,’ उनले थपिन्। 

यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले एक चीन नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो। 

उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए। 

उनीहरूले ताइवानलाई बृहत्तर चीनको एउटा हिस्साका रूपमा हेर्दै आएका छन्। 

बेइजिङले आर्थिक सम्बन्ध निर्माणका लागि ताइवानले चिनियाँ सार्वभौमसत्तालाई स्वीकार्नु पूर्वशर्तको रूपमा रहेकोमा जोड दिँदै आएको छ। 

तर यो कुरा स्पष्ट छ कि साइलाई आफ्नो जितले एक चीन नीतिप्रति मानिसहरूको न्यून लगाएको रहेको देखाएको विश्वास छ। 

‘स्थितिमा अहिले परिवर्तन आएको छ,’ उनले भनिन्, ‘ताइवानको हैसियत बारेको बेइजिङको अस्पष्ट नीतिले उसको स्वार्थलाई फाइदा पुर्‍याउँदैन।’ 

उनले भनेकी छन्, ‘चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।’ र, चीन पनि एकदमै बदलिसकेको राष्ट्रपति साइको विश्वास छ। 

अन्तर्वार्ताका क्रममा उनले हङ्‌कङमा जारी तनावबारे पनि चर्चा गरिन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *