‘प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्, मिठो अनुभव लिएर जानुहोस्’
२०७६ पुस १६ गते

पुस १६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् ।
समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’
नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको र अथिति सत्कार विश्वमै उत्कृष्ट भएको उनले बताए । मन्त्री भट्टराईले पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएको बताए ।

२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








