हृदयविदारक अष्ट्रेलियाको डढेलो (फोटो फिचर)
२०७६ पुस २० गते

पुष २०, काठमाडौं । अहिले अस्ट्रेलियामा फैलिएको विनाशकारी डढेलोले संसारभरिबाट मानिसहरूको ध्यान तानिरहेको छ । अधिकारीहरूका अनुसार सेप्टेम्बरयता डढेलोमा परेर त्यहाँ कम्तीमा २३ जनाको ज्यान गइसकेको छ।
अझै दर्जनौँ मानिस हराइरहेका छन् भने डेढ हजारको सङ्ख्यामा घरहरू डढेलोका कारण ध्वस्त भएका छन्। दक्षिण पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
प्रधानमन्त्री स्कट मरिसनले देशभरि डढेलो नियन्त्रणमा सघाउनका लागि तीन हजार रिजर्भ फौज परिचालन गरिने घोषणा गरेका छन् । रक्षामन्त्री लिन्डा रेनोल्ड्सका अनुसार अस्ट्रेलियाको इतिहासमा यस्तो गर्न लागिएको यो पहिलो पटक हो।

तस्वीर श्रोतः सामाजिक सञ्जाल
२०७६ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








