आजबाट प्रदर्शनमा आएको ‘कमाण्डर’ ले सोलो रिलिज पायो

माघ १०, काठमाडौँ । भ्रष्टाचार, तस्करी, कालोबजारी बिरुद्धको चलचित्र ‘कमाण्डर’ आजबाट देशभर प्रदर्शनमा आएको छ ।
एलआर विवेक सापकोटाले निर्देशन गरेको यस चलचित्रले सोलो रिलिज समेत पाएको छ ।
चलचित्रमा अनुपविक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिकाद्वय साधना सिलवाल र सगुन थापालगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

इमानदार प्रहरी अधिकृतले समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी नियन्त्रण तथा निर्मूलका लागि केकस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने विषयमा निर्माण गरिएको फिल्मले भरपुर मनोरञ्जनका साथै सामाजिक सन्देशसमेत प्रवाह गर्ने निर्देशक सापकोटा बताउँछन् ।
चलचित्रमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा निर्वाह गरेका छन् ।
सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत यस चलचित्र निर्देशन एलआरकै लेखन र निर्माण रहेको छ । सहनिर्मातामा सावन जंग राना रहेको यस चलचित्रलाई दिव्य सुवेदीले छाँयाकन गरेका हुन् ।
चलचित्रमा पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।








