अर्बपती ४४ वर्षे युसाकु चन्द्रमा भ्रमण गर्नकाे लागि २० वर्षिया महिलाको खोजीमा

पुस २८ । जापानका अर्बपती युसाकु मिजावा चन्द्रमामा भ्रमण गर्न महिला जीवनसाथीको खोजीमा भएको बीबीसीले बताएको छ । 

४४ वर्षे यी अर्बपती स्टारसिप रकेटमार्फत् चन्द्रमाको फन्को लगाउने पहिलो सर्वसाधारण हुनेछन् । 

सन् २०२३ का लागि बनाइएको यो योजना सन् १९७२ पछि सर्वसाधारणद्वारा गरिने पहिलो भ्रमण हुनेछ । 

मिजावाले अनलाइनमार्फत् आफूले चन्द्र भ्रमणको यो अनुभव एक विशेष महिलासँगै लिन चाहेको बताएका छन् । 

  

२७ वर्षे नायिका अयामे गोरिकीसँग भर्खरै प्रेम सम्बन्ध टुटेका यी व्यवसायीले आफ्नो वेबसाइटमा ‘प्लान्ड म्याच मेकिङ इभेन्ट’ का लागि निवेदन दिन महिलालाई आग्रह गरेका छन् । 

रिक्तता र एक्लोपनाले बिस्तारै गाँज्न थालेको मैले एउटा कुरा सोचेको छुः अर्की महिलालाई माया गरिरहने,’ मिजावाले आफ्नो वेबसाइटमा लेखेका छन् । 

‘म ‘जीवनसाथी’ भेट्टाउन चाहन्छु,’ मिजावाले लेखे । ‘भविष्यकी मेरी ती जीवनसाथीसँगको प्रेमबारे र विश्व शान्तिका लागि बाहिरी संसारबाट चिच्याउन चाहन्छु ।’ 

उक्त वेबसाइटमा तीन महिने लामो निवेदन प्रक्रियाका लागि विभिन्न शर्तहरु उल्लेख गरिएका छन् । 

शर्तमा उल्लेख भएअनुसार निवेदक एक्लो हुनुपर्ने, २० वर्ष पुगेको हुनुपर्ने, सकारात्मक हुनुपर्ने र अन्तरिक्षमा जान इच्छुक हुनुपर्नेछ । 

निवेदन जनवरी १७ तारिखसम्म दिइसक्नुपर्नेछ र मिजावाले आफ्ना पार्टनर बारे मार्चको अन्तिममा निर्णय दिनेछन् । 

हार्डकोर पंक ब्यान्डका ड्रमरसमेत रहेका उनले यसअघि पनि निकै रोचक घोषणा गरेका छन् । 

यस महिनाको सुरुवातमा मिजावाले आफ्ना ट्वीटर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्ने घोषणा गरेका थिए । 

जापानी अनलाइन क्लोदिङ रिटेलर जोजो इंकका संस्थापक मिजावाले फेसन वर्ल्डमार्फत् व्यापक सम्पत्ति कमाए । उनको कूल सम्पत्ति ३ बिलियन डलर भएको अनुमान गरिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *