शास्त्र अनुसार वर्षका यी ७ दिन स्त्री-पुरुषबीचकाे शारीरिक सम्बन्ध अशुभ

पुस १६ । मानव अस्तित्व जोगाउनको लागि महिला र पुरुषबीच मिलन हुनु नितान्त आवश्यक छ । तर विभिन्न शास्त्रहरुका अनुसार कुनै कुनै दिन महिला र पुरुषबीचको शारीरिक मिलन हुनु अशुभ मानिन्छ । 

ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री-पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ । 

यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ । यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन । यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ । 

Image result for शारीरिक सम्बन्ध

ब्रह्मवैवर्त पुराणको अनुसार यी ७ दिन स्त्री-पुरुष मिलन अशुभ ? 

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको राम्रो हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । 

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्धलाई नराम्रो मानिएको छ । 

३. संक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ । संक्रान्तिको दिनमा पतिपत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ । 

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ । यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो हुन्छ । 

५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ रहेको उल्लेख छ । 

६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ । 

७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषेध छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =