अफिसमा कसैको दादागिरी खेप्नुपर्छ ? यस्तो खतरा आउन सक्छ है स्वास्थ्यमा !

२०१५ सालमा ३६ वर्षीय सोमा घोषले करियर सल्लाहकारको नयाँ नोकरी सुरु गरिन् । केही महिनापछि उनलाई अफिस जान डर लाग्न थाल्यो ।   

एक सहकर्मी उनको काममा लगातार दोष निकाल्थे । अरुको गल्तीमा पनि उनैलाई दोषी ठहर्याउँथे र अपमानित गर्थे ।   

उक्त दादागिरीको असर उनीमा देखिन थाल्यो । केही दिनमा घोषमा चिन्ता र डिप्रेशनको लक्षण देखिन थाल्यो । उनको स्वास्थ्य बिग्रियो । निन्द्रा हरायो । चिसो र ज्वरोले सताउन थाल्यो । पाखुरामुनिबाट एक गाँठ समेत देखा पर्न थाल्यो ।   

बीबीसी

पर्याप्त आरामविना लामो समयसम्म काम गर्नुपर्ने दबाबका कारण उनको औँला, हात र काँधमा समेत समस्या देखिन थाल्यो । दुख्न थाल्यो उनलाई ।   

अनुसन्धानकर्तालाई पहिले नै जानकारी थियो कि कार्यालय (अफिस) को दादागिरीले मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ ।   

हालसालै स्कान्डिनेभिया देशहरूको सार्वजनिक स्वास्थ्य रेकर्ड अध्ययन गरेपछि, यो स्पष्ट हुँदैछ कि बदमासीले शारीरिक स्वास्थ्यमा पनि गम्भीर प्रभाव पार्न सक्छ। 

२०१८ को एक रिसर्च पेपरका लागि कोपेनहेगन यूनिभर्सिटीको तियानवेई शू कि अगुवाईमा एक दलले स्वीडन र डेनमार्कका ८० हजार पुरुष र महिला कर्मचारीको आँकडा विश्लेषण गर्यो ।   

अनुसन्धानमा देखिया कि पछिल्लो साल अफिसमा उनीहरुमाथि दादागिरी जमाइएको थियो । त्यसपश्चात् उनीहरुले स्वास्थ्यको आँकडामा देखे कि अघिल्लोे चार वर्षमा कहीँ उनीहरुमा दिलको बिमारी त भएन । 

पुरुष र महिलाहरु दुवैको आँकडाबाट एक स्पष्ट तस्विर देखा पर्यो । सर्वेक्षणमा सामेल ८ देखि १३ प्रतिशत मानिसहरुले माने कि उनीहरुमाथि दादागिरी जमाइएको थियो । उनीहरुमा अन्य व्यक्तिमा भन्दा हृदय रोगको सम्भावना पनि १.५९ गुणा बढी देखियो । त्यस्तै मुटुसमबन्धी समस्याको जोखिम पनि ५९ प्रतिशत बढी देखियो ।   

शू ती नतिजाको दायरा फराकिलो देख्छिन् । अफिसको दादागिरी र मुटुको बिमारीका बिच कुनै सम्बन्ध छ भने दादागिरी खतम गर्नुको मतलब हुन्छ कि हृदय रोग ५ प्रतिशत कम गर्न सकिने उनको भनाइ छ ।   

स्वीडन, डेनमार्क र फिनल्याण्डका सहभागीहरुमा गरिएको त्यस्तै प्रकारको अध्ययनमा शू का अन्वेशषकहरुले पाए कि अफिसको दादागिरीको शिकार भएका मानिसहरुमा टाइप २ डाइविटिज हुने सम्भावना १.४६ गुणा बढी देखियो ।   

दादागिरीकै कारण मुटु र डाइबिटिजको समस्या हुन्छ भन्ने पनि होइन । यो सम्भव छ कि पहिले नै मानसिक कमजोरीका कारण कुनै व्यक्तिको दादागिरीको शिकार भएपछि उनीहरुमा शारीरिक समस्या पैदा हुने खतरा बढ्न सक्छ ।   

जो कर्मचारी आफ्नो सहकर्मीमाथि भएको दादागिरी देख्छन् उनीहरुको स्वास्थ्यमा पनि गम्भीर असर पर्न सक्छ । जो कर्मचारी आफ्ना साथीका साथ यस्ता व्यवहार देख्छन् उनीहरु उदास रहन थाल्छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *