आवासीय भवनमा आगलागी हुँदा रुसमा ११ ले ज्यान गुमाए

माघ ७, मस्को । मंगलबार बिहान  रुसको  काठले बनेको एक आवासीय भवनमा आगलागी हुँदा ११ जनाले ज्यान गुमाएका छन् ।   

स्थानीय सञ्चार माध्यमका अनुसार रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा आ ज बिहान ७ बजे आगलागी हुँदा ११ जनाले ज्यान गुमाएका छन् भने २ जनाले भागेर ज्यान जोगाएका छन् ।   

आपतकालीन मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा मृतक ती एघार व्यक्तिको शव निकालि सकिएको उल्लेख गरिएको छ ।   

आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको  मन्त्रालयले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *