भारतको ध्यान रोहिंग्यालाई हटाउने तर्फ: मन्त्री सिंह

पुस १९, काठमाडौं । भारतका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले नागरिकता संशोधन कानूनपछि अब सरकारको ध्यान म्यानमारबाट आएका रोहिंग्या शरणार्थीलाई हटाउने तर्फ रहेको बताएका छन् । 

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार मन्त्री सिंहले भनेका छन्, ‘रोहिंग्या मुसलमान ठूलो संख्यामा भारत आएका छन् । यिनीहरुलाई फिर्ता पठाउने सम्बन्धमा कस्तो योजना बनाउने भन्ने बारे सरकार चिन्तित छ।’ 

उनले भनेका छन्, ‘सूचि बनाइने छ र आवश्यक परेमा बायोमेट्रिक सर्टिफिकेट्स पनि लिइने छ । किनकी सिएएले रोहिंग्याहरुलाई कुनै पनि लाभ दिने छैन । रोहिंग्याहरु सिएएले समेटेका तीन देशका अल्पसंख्यक समुदायमा पर्दैनन् ।’ रोहिंग्याहरुले कुनै पनि हालतमा भारतीय नागरिकता लिन नपाउने उनले बताएका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *