यस्तो छ आज सुनचाँदीको भाउ
२०७६ पुस १६ गते

पुस १६, काठमाडौँ । बुधबार सुनको भाउ स्थिर र चाँदीको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी हिजो प्रतितोला ७३ हजार २०० मा बिक्री बितरण भएको तेजाबी सुन आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार चाँदी भाउमा भने तोलामा १० रुपैयाँ घटेर प्रतितोला प्रतितोला ८९० मा कारोबार भईरहेको छ ।

२०७६ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित








