मलेशियामा सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर’को ताज शिलास्मालाई

पुष २० काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को ताज नेपाली चेली शिलास्मा हमाल मल्लले पहिरेकी छिन् । शिलास्मा अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् ।   

उक्त विशेष कार्यक्रममा २१ देशका प्रतिनिधिहरु सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पार्दैशिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी हुन् । नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् । 

उपाधि जितेपछि शिलास्माले भनिन्,‘ मलेशियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु ।   

एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जनाबीच भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।’ 

केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकीछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *