धरान पनि भिजिट मधेशको लागी तयार रहनु पर्ने

माघ ३, धरान ।  मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया एवं भिजिट मधेस २०२० एण्ड वियोण्ड कार्यक्रमको बिहिबार साँझ धरानमा पनि गरिएको छ ।   

धरान ७, स्थित रहेको होटल गजुरमुखी प्यालेसको आयोजना तथा भिजिट मधेशको २०२०र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश न २,को सहकार्यमा सो कार्यक्रम गरिएको हो ।   

‘भिजिट नेपाल ईज इङ्कम्प्लिट विड आउट भिजिट मधेस’ आर्थात मधेसको भ्रमण बिना नेपाल भ्रमण अधुरो रहने मुल नारा सहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा साँस्कृतिक धरोहरको प्रचार प्रसार एवम् बिकास र समृद्धीमा पनि सघाउ पुग्नेमा विश्वास व्यक्त गरिएको छ । 

सोही कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारीले नेपालका तराई पहाड र हिमाल सबैको सयुक्त सहकार्यमा भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्नेमा विश्वास व्यक्त गरेका थिए । 

भण्डारीले नेपालको पर्यटनबारे कुरा गर्दा मधेशलाई पटक-पटक बिर्सिने गरिएको र त्यहाँबाट पनि सहकार्य गर्दा  उत्पान हुने बस्तुहरु र पहाड र हिमालमा उत्पान हुने बस्तुहरु साटासाट गर्दै यो भिजिट नेपाललाई सार्थकता दिन सकिने बताए ।   

उनले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले नेपालको पर्यटनबारे बाहिर देशमा प्रचार गर्दा मधेसको कला, संस्कृति, एतिहासिक तथा धार्मिक स्थलहरुलाई समेटिनु पर्नै बताए । भण्डारीले भिजिट मधेश जस्ता अभियानले मधेशको पर्यटनको लागि खेलेको भूमिका उल्लेखनिय रहेको समेत बताएकी थिईन । 

त्यसैगरी सोही कार्यक्रममा भिजिट मधेस नेपालका ग्लोबल संयोजक प्रमोद (राज) सर्राफले सूचना प्रविधिको प्रयोगले आफुहरुले मधेशको पर्यटन प्रवर्द्धनको लागि काम गरिरहेको बताए ।   

उनले आजको डिजिटल युगमा सूचना प्रविधी बिना कुनै पनि अभियान सफलताको कल्पना समेत गर्न नसकिने दावी गरे । तसर्थ उनले आफुहरुले निर्माण गरेको डिजिटल प्लेटफर्म मार्फत मधेशको पर्यटकिय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न लागेको जानकारी गराएका थिए । 

होटल गजुर प्यालेसका सञ्चालक गोपाल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवसायी संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ-आफनो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए । 

कार्यक्रममा सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गीरीधारी सापकोटा भिजिट मधेशका ग्लोबल कोर्डिेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रवि राज शाह, होटेल व्यवासायी संघ धरानका अध्यक्ष सरोज भटटराई नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष  अमर खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सोही अवसरमा भिजिट मधेशका संस्कृति राजदुत तथा नेपाली लोक स्टार गायन रियालिटी-शो बाट लोकप्रियता पाएका रविराज शाहले मधेशका साँस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको गीत समेत प्रस्तुत गरेका थिए ।   

भिजिट मधेश नेपाल २०२० अभियानका लागी तैयार गरिएको गित मार्फत मधेश कला, सँस्कृति, परम्परा, वर्ग, जाति, धर्म, धरोह, ईतिहास लगयातका विषय बस्तुलाई समेटर पूर्ण मधेशको चित्रण गरिएको छ भने सो गीत आनन्द अस्तित्वद्वारा लेखिएको र गितमा शाहले नै स्वर र संगीत दिएका छन् ।   

वीरगंजबाट सुरु गरिएको सो अभियान मधेश लगायतका २२ वटा जिल्लामा सञ्चालन गर्दै पुनः बीरगंजमा नै समापन गरिने कार्यक्रमका राष्ट्रिय संयोजक प्रमोद (राज) सर्राफले जानकारी दिएका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =