विद्यालय भित्र तीन शिक्षकको हत्या, नर्सको अपहरण

पुस २९, काठमाडौँ । पूर्वी केन्याको ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतङ्कवादीहरुद्वारा  तीन जना शिक्षकको हत्या गर्नुको साथै  एक जना नर्सको अपहरण समेत गरिएको छ ।   

केन्यामा केही वर्षदेखि हत्या आतङ्क जारी राखेको समूह अल सबाबले उक्त विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको हत्या गर्नुको साथै विद्यालयको क्षती पुर्याएर  नर्सको अपहरण गरेको  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।   

हातहतियारसहित ठूलो संख्यामा आएका  उक्त आतङ्कवादी समूहले पूर्वी केन्याको कमुथेमा रहेको प्रहरी चौकीमा  आगजनी गरेका छन् भने स्थानीय अस्पतालबाट उक्त नर्सलाई  अपहरण गरी लगेको हुन् ।   

Image result for हत्या

बिभिन्न संचार माध्यमका अनुसार उनीहरुले स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई समेत आक्रमण गरी घाइते बनाएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *