मकवानपुरमा बसको ठक्करबाट एकको मृत्यु

माघ ५, मकवानपुर । शनिबार राती मकवानपुरमा ना ७ ख ३८४४ नम्बरको बसको ठक्करबाट एक जनाको  मृत्युको मृत्यु भएको छ ।   

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्करबाट  ४० वर्षीय साइकलयात्री भीमराज स्याङतानको मृत्यु भएको हो ।   

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको उक्त बसले विपरीत दिशाबाट आउँदै गरेका  स्याङतानलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । 

Image result for बसको ठक्करबाट एकको मृत्यु

 बसको ठक्करबाट गम्भिर घाइते भएका स्याङतानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिएका छन् ।   

उनका अनुसार बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  छ  ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *