बलिउड शाहरुखलाई दिए उनका फ्यानले आत्महत्या गर्ने धम्की

पुस १६, भारत । बलिउडका सुपरस्टार शाहरुख खानलाई उनका एक फ्यानले आत्महत्या गर्ने धम्की दिएका छन् ।   उनका ती फ्यानले सामाजिक संजाल ट्वीटर मार्फत यस्तो धम्की दिएका हुन् । 

सन् २०१८ मा ‘जिरो’  फिल्म प्रदर्शन भएपछी कुनै नयाँ फिल्ममा नदेखिएका  शाहरुखलाई उनका फ्यानले सन् २०२० सम्म पनि  नयाँ फिल्ममा नदेखिए आत्महत्या गर्ने धम्की दिएका हुन् । 

उनले  ट्वीटर लेखेका छन् ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० सम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’   

Image result for शाहरुख खान

यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर रु यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’ 

आज भोली फिल्मी संसारदेखी अलग रहेका  शाहरुखको भारतीय मिडियाले उनको नयाँ फिल्मबारे विभिन्न अडकलबाजी गरे पनि ती सबै निराधार भएको शाहरुख आफैंले पुष्टि गरि सकेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =