नेकपा सचिवालय बैठक बिहीबार, सभामुख र राष्ट्रियसभाका उम्मेदवारबारे छलफल हुने

पुष १६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट कार्टी (नेकपा) को सचिवालय बैठक पुस १७ गते बस्ने तय भएको छ ।  सभामुखको उम्मेदवार चयन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न नेकपाले सचिवालय बैठक बोलाएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।   

भोली बस्ने सचिवालय बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल हुने छ । मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति हुन सकेन ।   

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ ।   

निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =