नेपालकै सबैभन्दा अग्ला राजन अधिकारी पर्यटन सद्भावना दुतमा नियुक्त

पौष १७, विराटनगर । नेपालकै सबैभन्दा अग्ला व्यक्तिको रुपमा परिचित राजन अधिकारीलाई प्रदेश सरकारले पर्यटन सद्भावना दुतका रुपमा नियुक्त गरेको छ ।
नेपालका एउटा धरोहरको रुपमा मानिदै आएका ४२ वर्षिय अधिकारीको उचाई ७ फुट ३ इन्च रहेको छ । खोटाङमा जन्मिएका अधिकारी हाल इटहरीमा बसोबास गर्दै आइरहेका छन् । साधारण साहाकारी खाना खान रुचाउने अधिकारी आफ्नो उचाईका कारण दैनिक जीवन सकस भएको बताउछन् ।
लुगाको नापमा समस्या देखि लिएर सवारी साधनमा पनि समस्या रहेको उनको भनाई छ । उनको अनुसार सुत्ने खाटको लम्बाई ८ मिटर र चौढाइ ४ फिटको रहेको उनीले बताए । उनको स्वास्थ्य स्थितिमा त्यस्तो जटिल समस्या नभए पनि कोल स्टोरको समस्या रहेको बताउछन् ।

सरकारले वेवास्ता गर्यो
नेपालका सबैभन्दा अग्लो व्यक्ति राजन अधिकारी नेपालका गौरव साथै अति दुर्लब भन्दा कुनै दुईमत नहोला । उनको उचाईले सिंगो नेपाललाई परिचित गराउँदछ । भ्रमण वर्ष २०२० को रौनक चलिरहेको बेला उनलाई प्रदेश सरकारले पर्यटन सद्भावना दुतका रुपमा नियुक्ति गरेको छ ।
तर राज्यको तर्फबाट आजसम्म कुनै पनि खालको सहयोग नरहेको उनको भनाई छ । सरकारले आश्वसन मात्र दिएर आजसम्म कुनै पनि खाल्को प्रतिवद्धता पुरा नगरेको उनको गुनासो छ ।
उनी भन्छन् ‘सरकारको तर्फबाट उचाइका कारण बसोबास गर्ने स्थान पनि असहज भएकाले वस्ने व्यवस्थापन्, सवारी साधको व्यवस्थापन गरिदिए दैनिक जीवनशैलीमा केहि सहज हुने थियो ।’ प्रदेश सरकारले पनि आस्वसन मात्र दिएको बताउने अधिकारी प्रधान मन्त्रिले आश्वसन मात्र दिलाएर आज सम्म संघिय सरकारबाट कुनै पनि खाल्को खोजी निन्धा नगरी वेवास्ता गरेको उनको गुनासो छ ।








