ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको समर्थन

पुष २९, काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथले ड्युक र डचिस अफ ससिक्स पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन्। 

भावी भूमिकासम्बन्धी टुङ्गोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ुकेही समयु दिनेबारे महारानी सहमत भएकी छन् जुन समयमा यी दम्पती क्यानडा तथा यूकेमा बस्नेछन्। महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताइन्। 

यद्यपि उनले भनेकी छन्, म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो। 

ह्यारी र मेगन

शाही वार्ता 

ह्यारी र मार्कलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तारत छन्। केही दिनअघि यी दम्पतीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए। 

एउटा वक्तक्यमार्फत्‌ महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्रेम्ब्रिज समेत सहभागी वार्ता निकै रचनात्मक रह्यो। 

उनले भनेकी छन्, ‘मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन शुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौँ।’ 

महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिन भनेको बताएकी छन्। 

बीबीसीका शाही संवाददाता जोनी डाइमन्ड भन्छन्, महारानीको तर्फबाट यो एकदमै स्पष्ट तथा अनौपचारिक र करिब व्यक्तिगत वक्तव्य हो। उनी थप्छन्, ह्यारी र मेगनको कदमप्रति दुःख मनाउ गर्नु स्वाभाविक छ किनभने यी दम्पती विद्यमान भूमिकामै रहून् भन्ने उनको चाहना थियो। 

तर उनले के स्पष्ट पारेकी छन् भने ह्यारी र मेगन थप आत्मनिर्भर दम्पती हुने भए पनि उनीहरूले राजपरिवारका सदस्यका रूपमा महत्त्व पाइरहने छन्। 

भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन्। अमेरिकी टेलिचलचित्र ‘सूट्स’मा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन्। 

राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष ‘सोभ्रिन ग्र्यान्ट’बाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन्। 

औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्र्यान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ।   

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *