दिलीपका परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

पुष २८, जनकपुरधाम । प्रदेश २ सरकारले दिलीप महतोको परिवारलाई पाँच लाख रुपैंया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ का महतोको परिवारलाई सो आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।   

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *