इरानको हमला अमेरिकाको अनुहारमा झापड हो : खामेनी

पुष २३, काठमाडौं । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले अमेरिका झुठो, बदमाश र अमानवीय भएको बताउँदै इरानको यो हमला अमेरिकाको ‘अनुहारमा झापड’ भएको बताएका छन् ।   

बुधबार बिहानै इराकमा रहेका दुई अमेरिकी सैन्य शिविमा इरानले मिसाइल आक्रमण गरेको थियो । उक्त आक्रमणमा परि ८० जना अमेरिकी सैनिकको ज्यान गएको इरानको राष्ट्रिय टेलिभिजनले दाबी गरेको छ । निशाना बनाएर गरिएको मिसाइल आक्रमण अमेरिकाको ‘अनुहारमा झापड’ रहेको बताएका छन् । 

इरानीहरुको एक समूहलाई सम्बोधन गर्ने क्रममा सर्वोच्च नेता अलि खामेनीले अमेरिकी सेनाले मध्य पूर्व छोड्नु पर्ने बताएका छन् ।   

इरानको राष्ट्रिय टेलिभिजनले १५ वटा मिसाइल आक्रमण गरेको बताए पनि इराकले भने २२ वटा मिसाइल आक्रमण भएको उल्लेख गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *