‘केरलाका जनताले राहुल गान्धीलाई जिताएर विनाशकारी काम गरे’

माघ ५, काठमाडाैँ । भारतका चर्चित इतिहासकार रामचन्द्र गुहाले शुक्रबार एक सभालाई सम्बोधन गर्ने क्रममा भारतीय कंग्रेका नेता राहुल गान्धीको रोध गरेका छन् ।   

राहुल गान्धीले वंशवादको प्रतिनिधत्व गर्ने बताउँदै उनले भने, ‘एक राजनीतिक वंशका पाँचौं पिँढी’का राहुल गान्धी र ‘परिश्रमी र आफ्नै मिहेनतले आजको अवस्थामा आएका’ नरेन्द्र मोदीबीच प्रतिस्पर्धा हुन नसक्ने बताए ।   

उनले केरलाका नागरिकले राजनीतिमा खराब मानिने वंशका प्रतिकलाई सांसदमा जिताएर विनाशकारी काम गरेको बताए ।   

Image result for इतिहासकार रामचन्द्र गुहा

गुहाले स्वतन्त्रता संग्रामको समयमा ‘महान पार्टी’ रहेको कंग्रेस आजको ‘दयनीय पारिवारिक कम्पनी’ बनेको कारणले पनि भारतमा हिन्दूत्व र अन्ध–राष्ट्रियको प्रभाव बढेको बताए ।   

केरला साहित्य महोत्सव९केएलएफ०को दोस्रो दिन ‘राष्ट भक्ति बनाम अन्ध–राष्ट्रियता’ विषयमा आयोजित सत्रमा गुहाले भने ,‘ व्यक्तिगत रुपमा राहुल गान्धीसँग मेरा कुनै शत्रुता छैन । उनी सौम्य र सभ्य व्यक्ति हुन् । तर वर्तमान भारतलाई कुनै खानदानबाट आएको व्यक्तिको आवश्यकता छैन । यदी केरलाका जनताले राहुल गान्धीलाई सन् २०२४ मा पनि चुन्ने गल्ती थरे भने तपाईले अन्तत्वगत्वा नरेन्द्र मोदीलाई सघाउनुहुनेछ ।’ 

सत्रमा रहेका केरलावासीलाई सम्बोधन गर्दै उनले भने –‘केरलाले भारतलाई कैयौँ असल योदान दिएको छ तर राहुल गान्धीलाई जिताएर विनाशकारी काम गर्यो ।’  राहुल गान्धी सन् २०१९ को आम–चुनावमा गान्धी परिवारको गढ मानिने उत्तर प्रदेशको अमेठीमा पराजित भएका थिए । उनी केरलाको वायनाडबाट जित्न सफल भएका थिए ।   

उनले भने ,‘नरेन्द्र मोदीको सबैभन्दा ठूलो सामर्थ के हो भने उनी राहुल गान्धी होइनन् । उनले आफ्नै मिहेनतले आजको स्थान हासिल गरेका हुन् ।  उनले १५ वर्षसम्म राज्यलाई चलाए र त्यसबाट उनले प्रशासनिक अनुभव हासिल गरेका छन् । उनी कडा मेहनत गर्छन् र समय–समयमा युरोप घुम्न बिदा लिदैनन् । यो कुरा म गम्भिरताका साथ भनिरहेको छु ।’ 

गुहाले राहुलका आमा तथा कंग्रेस पार्टीका वर्तमान अध्यक्ष सोनिया गान्धीको पनि आलोचना गरे । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *