किन कंगनाले दीपिकालाई माफी माग्नुपर्छ भनिन्

माघ ६, काठमाडौँ । बलिउड नायिका कंगना रनौतले बलिउडकै अर्की नायिका दीपिका पादुकोणलाई माफी माग्नुपर्छ भनेकी छिन् ।   

हालसालै सोसल मिडियामा सार्वजनिक भएको एक टिकटक भिडियोमा नायिकाले  दीपिकाले एक एक मेकअप आर्टिस्टलाई छपाक लुक बनाउन भनिरहेकी छिन्  । त्यही सन्दर्भमा कंगनाल यस्तो गरेकोमा  यसलाई असंवेदनशील बताउँदै दीपिकालाई माफी माग्न भनेकी हुन् ।   

कंगनाले एक  अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु । ’ ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’ 

Image result for kangana with dipika

कंगना थपछिन्,  ‘तपाईंको मार्केटिङ टीमले लगातार फिल्मको प्रोमोशनका लागि यस्ता आइडिया लिएर आउँछन् जसका कारण तपाईंले नचाहँदा नचाहँदै पनि केही असंवेदनशील क्रियाकलाप गर्नुहुन्छ । यो कुनै मेकअप लुक होइन र कसैले यस्तो प्रकारको ‘लुक’ पाउने  कोसिस गर्नुहुँदैन । मलाई लाग्छ कि यस्तो असंवेदनशीलताका लागि उनले माफी माग्नुपर्छ किनभने गल्ती मानिसबाटै हुन्छ ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *