नायिका प्रियंकाको थाइल्याण्डमा ‘ब्याचलर पार्टी : फागुनमा बिवाह

माघ २, काठमाडौँ । नायिका नायिका ऋचा शर्माले ब्याचलर पार्टी दिएर बिवाह बन्धनमा बाँधिएपछी नायिका प्रियंका कार्की पनि ब्याचलर पार्टी दिएर बिवाह बन्धनमा बाँधिने तरखरमा देखिएकी छिन् ।  नायिका  प्रियंका ब्याचलर पार्टी मनाउन भन्दै आफ्ना निकट केही साथीहरु सहित थाइल्याण्ड पुगेकी छिन् ।   

उनले थाइल्याण्ड उड्नु अघी सामाजिक संजाल इन्स्टाग्राममा आफूसहिच, मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको तस्बिर अपलोड गर्दै –‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै फ्यानमा कौतुहलता जगाएकी थिइन् । भने थाइल्याण्ड पुगेपछी फेरी उनले उही ६ जनाको टोली सहितको त्यहाँ मस्ती गरिरहेको तस्बिर  इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् ।   

नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय भैसक्दा पनि बिहे नभएपछि प्रियंका र आयुष्मानको बिषयमा चर्चा चलिरहेको छ । तर, प्रियंकाले साथीलाई ब्याचलर पार्टी दिने भन्दै थाइल्याण्ड पुगेपछी उनीहरुको विवाह फागुनमा हुने चर्चा छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *