मिजार सेवा समाजको २५ औँ रजत जयन्ती तथा साधारण सभा सम्पन्न

पुस २७, काठमाडाैँ ।  मिजार सेवा समाजको २५ औ रजत जयन्ती तथा साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । पौष २६ गते प्रदेश सभामुख प्रदिप भण्डारी को प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष धन बहादुर हमालको अध्यक्षतामा कार्यक्रम गीता मन्दिरको सभा भवनमा आयोजना भएको थियो । 

कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्रदिप भण्डारी, समाजका अध्यक्ष धन बहादुर हमाल र संरक्षक गोपाल मंग्रातीले संयुक्त रुपमा पानस बत्ती बालेर गरेका थिए ।   उक्त कार्यक्रममा विभिन्न राजनैतिक दल तथा जातीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसै क्रममा युवराज शंकर (नेपाली कांग्रेस), सुदर्शन श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी), ताजुब लिम्बु (संघीय समाजवादी), विष्णु थाम्देन (राष्ट्रिय जनमुक्ती पार्टी), केदार बराइली (विश्वकर्मा समाज), रामधारी मरिक (मरिक समाज), लाल बहादुर विश्वकर्मा (उपेक्षित उत्थान सरोकार केन्द्र), प्रेम लकान्द्री (सुनचादी व्यवसायी संघ), गणेश परियार (नेपाल दलित संघ), गोपाल रनपहेली (परियार समाज), राजेन्द्र राई (किरात राई यायोक्खा), गंगा बहादुर कालीकोटे (बराह इन्डस्ट्रिज), राजु रोक्का (दर्पण सेक्युरिटी), जमुना श्रेष्ठ (प्रबोध साप्ताहिक) ले कार्यक्रममा समाजलाई शुभकामना सन्देश तथा विभिन्न सुझाव प्रदान गरेका थिए  । 

साधारण सभामा मिजार समुदायका जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सहज जीवनका निमित्त कामना गरे । समुदायका बिपन्न बाल-बालिकालाई शैक्षिक सामग्रीको वितरण गरेका थिए । यसै क्रममा लाल बहादुर विश्वकर्मा ( रेनुका विश्वकर्मा तथा सोम बहादुर बोगटीले मिजार समुदायका बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई बार्षिक छात्रवृति नियमित रुपमा उपलब्ध गराउनको निमित क्रमश ५१,१११ र ५५,००० राशिको अक्षय कोषको स्थापना गरेका थिए । यसै क्रममा समाजलाई सहयोग तथा योगदान पुर्याउनुहुने बिभिन्न व्यक्तीहरुलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा मिजार समाज – सांस्कृतिक फाटका सदस्यहरुले स्वागत गीत तथा आकर्षक नृत्यहरु पस्किएका थिए यसै क्रममा कवियित्री शकुन्तला भुषाल तथा हर्क बहादुर चर्मकारले आफ्नो कविताको वाचन गरेका थिए भने समाजका विभिन्न गतिबिधि समेटिएको स्मारिकाको पनि विमोचन तथा वितरण गरिएको थियो, उक्त स्मारिकाको सम्पादन संघर्षशिल लम्जेलले गरेका थिए ।  

सभाले बिजय अछामीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ जसमा सुनिल तोलांगी (उपाध्यक्ष) गगन नेपाली (सचिव), सुनिता नेपाली (सह-सचिव), हर्कराज चर्मकार (कोषाध्याक्ष), सदस्यहरुमा सीता रम्तेल, हर्क मंग्राती, अनुष्का अछामी, सीमा मंग्राती, आशिष बिशुनके र कृष्ण पुर्कुटी साथै धन बहादुर हमाल, गोपाल अछामी सल्लाहकारको रुपमा रहेका छन् । 

कार्यक्रमको संचालन समाजका सचिव विजय अछामी र संघर्षशिल लम्जेलले संयुक्त रुपमा गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =