छाउगोठको नाममा हाम्रा घर भत्काइएः नेकपा सांसद

माघ १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सांसद गजेन्द्र बहादुर महतले छाउगोठ भत्काइएकोमा आपत्ति जनाएका छन् ।   

शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले गृह मन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति जनाएका हुन् ।   

‘छाउगोठको नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ?’, उनले प्रश्न गरे ।   

भ्रष्टाचार गर्नेलाई पक्राउ नगरी छाउगोठ भत्काउनतिर लागेको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘८ जना मान्छेको होटलमा मृत्यु भएको छ । होटल भत्काउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? चाहिँदो काम गर्नुपर्‍यो । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन ।’ 

उनले थपे, ‘बाटोको अवस्था के छ स्कुलको अवस्था के छ ? ठेकेदार कहाँ भागेको छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नामम हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन ?’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *