प्रतिनिधिसभा बैठक आज, सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

माघ ६, काठमाडौं । पुस ४ गतेपछि पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसधाको बैठक सोमबार बस्दैछ । संघीय संसद् सचिवालयले दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक तय भएको जनाएको छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि संसद बैठक सूचना टाँस गरेर स्थगित गरिँदै आएको थियो । नेकपामा लामो छलफलपछि पूर्व माओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । 

सचिवालयका अनुसार, सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची आजका लागि तय भएको छ । प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ । 

Image result for संघीय संसद् सचिवालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =