नेपालीपनको संरक्षणका लागि ‘नेपाली टोपी दिवस’

पुष १६ काडमाडौं । विगत ६ वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ लाई अन्तराष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाउने गरिएको छ । सोही अनुरुप आज (बुधबार) सातौं अन्तराष्ट्रिय टोपी दिवस मनाइँदै छ । 

सन् २०१३ को नोभेम्बर २६ मा सामाजिकसञ्जाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरि पहिलोपटक सर्वजनिक रुपमा जनवरी १  लाई ‘अन्तराष्ट्रिय नेपाली टोपी दिवस’ र नेपाली टोपी लगाउने दिन भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस मनाउन सुरु गरिएको हो ।   

सोही अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो ्र उक्त सामाजिक संजालका सस्थापक द्वय डा। लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपीस् नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ । 

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईदै आइएकोछ ।   

यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि स्वस्फूर्तरुपमा जागरुक युवा अभियान, नेपाल लगायत बिभिन्न समुह, सस्था र व्यक्तिहरुले देश तथा बिदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् । 

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात(जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति(जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो । 

१ जनवरीका दिन आ(आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ । 

यो अभियानको मूल उद्देश्य “नेपाली र गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *