बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज

पुष २२, काठमाडौं । बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया च्यालेन्ज आयोजना गरिने भएको छ । बिजनेस म्यानेजमेन्टको कक्षा संचालन गर्दै आएको कलेजले आफ्ना ३ सय बढी बिद्यार्थीकोलागि सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
उक्त बिजनेस आइडिया च्यालेन्जमा उत्कृष्ट हुने बिद्यार्थी समुहलाई कलेजले लगानी तथा व्यस्थापनमा समेत साथ दिन लागेको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । बिद्यार्थीलाइ बिभिन्न चरणमा प्रस्तुति गर्न लगाएर उत्कृस्ट आइडियालाई पुरस्कृत गरिने दाहालले बताए ।
बिगतका बिद्यार्थीहरुले पनि बिभिन्न क्षेत्रमा उद्यमशीलता देखाएर स्टार्ट अपहरु संचालनमा ल्याएको बउँदै सो कुरालाइ साथ दिन कलेजले लगानी समेत गर्न लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तराष्ट्रियस्तरको पढाइ हुँदै आएको छ ।
बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित मेरिल्यनण्ड कलेजमा चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन हुादै आएको छ ।








