पूर्वप्रधानमन्त्री मिलानोभिक भए क्रोएसियाको राष्ट्रपति

पुस २१ । क्रोएसियाको राष्ट्रपतिमा पूर्वप्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उनी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।   

आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उनी निर्वाचित भएको बताएका हुन् । आइतबार सार्वजनिक भएको निर्वाचनको मतपरिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाएका छन् ।   

पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो । 

राष्ट्रपतिमा निर्वाचित भएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो । उनीसँग प्रतिश्पर्धा गर्नुभएकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड) को समर्थन रहेको थियो ।   

मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ । 

आइतबार राती राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सवै नागरिकको आवाज सुन्ने र सवैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाएका थिए  । निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिएका थिए । नवनिर्वाचित राष्ट्रपति मिलानोभिक ५३ बर्षका भए भने सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म प्रधानमन्त्री भएका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *