चीनमा जन्मदर कम हुँदा अर्थव्यवस्थामा खतरा !

माघ ५, काठमाडौं । चीनमा पछिल्लो ७० वर्षमा पहिलो पटक जन्मदर कम भएको गणना गरिएको छ । एक बच्चासम्बन्धि विवादित नीतिलाई परिवर्तन गरेपछि पनि त्यहाँ जन्मदरमा सुधार हुनसकेको छैन ।   

यसको सिधा अवसर चीनको अर्थ व्यवस्थामा पर्ने आशंका गरिएको छ, भने आउने समयमा चीनमा गम्भिर स्थिति उत्पनन्न हुन सक्ने आंकलन गरिएको छ । चीनको राष्ट्रिय जनसाङ्खिकी ब्यूरोका अनुसार २०१९ मा जन्मदर प्रतिहजार १०.४८ प्रतिशत रहेको छ जुन १९४९ पछि सबैभन्दा कम हो ।   

२०१९ मा १ करोड ४६ खाल ५० हजार बच्चाको जन्म भएको छ । जुन पहिलाको भन्दा ५ लाख ८० हजार कम हो । पछिल्ला धेरै वर्षदेखि चीनमा जन्मदर कम हुँदै गएको छ । यसले विश्वको दोश्रो ठूलो अर्थ व्यवस्था भएको देश चीनका लागि चुनौती सृजना भएको छ ।   

चीन जन्मदर

बास्तवमा चीनमा जन्मदरमा त कमि आएको नै छ, भने मृत्यु दर पनि कम भइरहेको छ । यस कारण जनसंख्या लगातार बढिरहेको छ । २०१९ मा १.३९ अर्बबाट बढेर १.४ पुगेको छ । यस्तो अवस्थामा चीनको चिन्ता बढेको छ किनभने काम गर्ने युवाहरुको संख्यामा कमि आएको छ भने बृद्धहरुको संख्यामा बृद्धि हुँदै छ ।   

अमेरिका भन्दा पनि पछि ! 

चीनको जन्मदर अमेरिकाको भन्दा पनि कमि रहेको छ । ताजा तथ्याङ्क अनुसार अमेरिकामा २०१७ मा प्रतिहजार व्यक्तिमा जन्मदर १२ थियो ।   

यस्तो अवस्था किन ? 

१९७९ मा चीन सरकारले देशभर एक बच्चा जन्माउने नीति लागु गरेको थियो । यसबाट चीनमा लगाम लगाउन चाहन्थ्यो । उक्त नीति उल्लङ्घन गर्नेलाई कडा सजाय दिने प्राव्धान थियो । उल्लङ्घन गर्ने परिवारलाई जरिवाना लगाइन्थ्यो । उनको जागिर खोसिन्थ्यो र धेरै पटक गर्भपतन गराउन दबाब दिइन्थ्यो ।   

तर यस नीतिलाई लिङ्ग असन्तुलितको आरोप लगाइयो । २०१९ को तथ्याङ्क अनुसार अझै पनि चीनमा पुरुषको सङ्ख्या महिलाको भन्दा ३ करोडले बढि छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *