ब्राजिलमा बाढी र पहिरोः ३० जनाको मृत्यु, १७ बेपत्ता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ माघ १२ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
माघ १२, काठमाडौं । दक्षिणपूर्वी ब्राजिलमा बाढी र पहिरोमा परि ३० जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता छन् ।
पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोको जोखिममा रहेका साढे तीन हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिलो दिन मृत्यु हुनेको संख्या ११ थियो । शनिबार यो आँकडा बढेर ३० पुगेको हो । पहिरोले थुप्रै भवनहरु समेत भत्काएको छ ।
राजधानी बेलो हरिजोन्टेमा सबैभन्दा बढीको मृत्यु भयो । मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ । पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित