काठमाडौँमा अवैध रकमसहित दुई पक्राउ

पुस २९, काठमाडौँ । प्रहरीले काठमाडौँमा स्रोत नखुलेको अवैध रकमसहित  २ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको अबैध रकमसहित  पर्सा हिपरमाई गाउँपालिका ८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका १६ घर भएका ३८ वर्षीय राजु पौडेल लाई पक्राउ गरिएको हो ।   

उनीहरु सवार बा. २ ज ४८०२ नम्बर भएकाे  काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको  ट्याक्सी चेक जाँच गर्ने क्रममा नगद ९ लाख ९९ हजार रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाए ।   

Image result for अवैध रकम

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *