आज १ माघ बुधवार माघे संक्रान्ति यस्तो छ आजको ”राशिफल”
१ माघ २०७६, बुधवार पञ्चमी ,माघे संक्रान्ति/ मकर संक्रान्ति/ घ्यु चाकु खाने दिन/राष्ट्रिय योग दिवस /उत्तरायण आरम्भर/ मकर स्नान आरम्भ
जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । (बालकृष्ण सम)
तपाइको आज
null
मेष
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्म कर्ममा मन लाग्नेछ ।
वृष
निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
मिथुन
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।
कर्कट
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
सिंह
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।
कन्या
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
तुला
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
वृश्चिक
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ । मठ मन्दिरको भ्रमण हुनेछ ।
धनु
सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर
मन भावुक बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ ।
कुम्भ
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मीन
धार्मिक यात्राको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
( ज्यो.प. नारायणप्रसाद दुलाल)