प्रिन्स ह्यारी र मेगनद्वारा शाही परिवारबाट अलग रहने घोषणा

पुष २४, काठमाडौं । ब्रिटेनी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारीले उनी र उनकी श्रीमती मेगन राजपरिवारको वरिष्ठ सदस्यको पदमा नरहे घोषण गरेका छन् । आर्थिक रुपमा आत्मनिर्भर बन्न दुवै जना काम गर्ने चाहनास्वरुप उनीहरुले सो निर्णय लिएको बताइएको छ। 

एक व्यक्तव्य जारी गर्दे उनीहरुले अबको समय बेलायत र उत्तर अमेरिकामा बस्ने बताएका छन्।ह्यारी र मेगनको उक्त निर्णयबाट बेलायती राजपरिवारका वरिष्ठ सदस्यहरु दुःखी भएको बीबीसीले जनाएको छ। 

शाही जिम्मेवारीबाट अलग रहने घोषणाबारे उनीहरुको बेलायती महारानी एलिजावेथ र अन्य सदस्यसँग छलफल नगरेको बताइएको छ। यसैले पनि बेलायती राजदरबार उनीहरुको निर्णयका कारण निकै निराश रहेको बताइन्छ। 

प्रिंस हैरी और मेगन की शादी मई 2018 में हुई थी.

ह्यारी र मेगनले आफूहरुले लिएको निर्णयले बेलायती राजसंस्थामा नयाँ सुरुवात गर्ने भन्दै लेखेका छन्, ‘हामी महारानीप्रतिको कर्तव्य जारी राख्नेछौँ। हामी भौगोलिक सन्तुलन मिलाएर हाम्रा सन्तानलाई शाही परम्परामा हुर्कन सक्षम बनाउने छौँ। यसबाट हाम्रो परिवारको ध्यान नयाँ अध्यायमा केन्द्रित हुनेछ। यससँगै नयाँ परोपराकारी संस्थाको पनि सुरुवात हुनेछ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *