सभामुखमा अग्नि सापकोटा निर्विारोध हुने पक्का

माघ ७, काठमाडौं । सत्तारुढ दल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नि सापकोटा एक्लैको उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध चयन हुने भएका छन्। मंगलबार निर्धारित समयमा अन्य दलबाट उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन हुने निश्चित भएको हो। 

यसको औपचारिक घोषणा भने माघ १२ गते बस्ने संसद् बैठकबाट गरिने संसद सचिवालयले जनाएको छ। 

संसद् सचिवालयले मंगलबार ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दिने कार्यतालिका प्रकाशित गरेको थियो। अग्निप्रसाद सापकोटाले संसद् भवन बानेश्वरमा बिहान उम्मेदवारी दर्ता गराएका थिए।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =