इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

पुष २२, एजेन्सी । इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार शक्तिशाली भूकम्प गएको छ । ६.२ म्याग्नीच्युडको  शक्तिशाली भूकम्प आएपनि  क्षतिको विवरण प्राप्त भइनसकेको र  सुनामी चेतावनीको कुनै सुचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।   

अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।  इन्डोनेसियाली मौसम विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ । 

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *