सुलेमानीप्रति इरानका सर्वोच्च नेता खामेनीद्वारा श्रद्धाञ्जली अर्पण

पुष २१, एजेन्सी । इरानका सर्वोच्च नेता अयोतुल्ला अलि खामेनीले सोमबार तेहरानमा एक समारोहीच सैन्य कमाण्डर कासिम सुलेमानीको ‘कफिन’मा प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।   

सुलेमानी शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मारिएका थिए । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका हुन् ।   

मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ ।   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएका बताइएको छ । यता इरानका सर्वोच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिएका छन् ।   

इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिएका हुन् । शुक्रबार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उनले अमेरिकाका विरुद्धमा कडा रुपमा बदला लिने बताएका हुन् ।   

इरानले देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तरराष्ट्रिय आतङ्कवाद भनी आरोप लगाएका छन् । एएफपी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *