मिलेनियम च्यालेन्ज संसदबाट पारित गराउँन दबाब दिने कांग्रेस संसदीय दलको निर्णय

माघ ३, काठमाडौं । संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित गर्न दबाब दिने नेपाली कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ । 

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब दिने लगायतका निर्णय गरेको कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार एमसीसी पारित गर्नका लागि संसदमा दबाब दिने निर्णय गरेको छ । 

कांग्रेस संसदीय दलको बैठकले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउनसमेत माग गरेको छ । सभामुख चयनको प्रक्रिया शुरु भएपछि कांग्रेसले सत्तारुढ दलसँग समेत सभामुखका बारेमा छलफल गर्ने निर्णय गरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twelve =