बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, टुंगो लाग्ला त सभामुख ?

फाइल तस्विर 

पुस २६, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठक जारी छ ।   

शनिबार अपरान्ह सुरू भएको बैठकमा सभामुख र एमसीसीबारे छलफल भइरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ। आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुखको नाम प्रस्ताव गर्ने जानकारी दिइएको छ ।   

सभामुखको विषयलाई लिएर अहिले पार्टीभित्र ध्रुवीकरण बढीरहेको छ ।  सभामुख चयन हुन नसक्दा यसअघि पनि दुई पटक प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो।   

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक अगाडि नै सभामुखको टुंगो लगाउने गरी छलफल भइरहेको एक सचिवालय सदस्यले जानकारी दिए । सभामुखबारे आजै टुंगो लाग्ने बताइएको छ ।   

तत्कालिन सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहारको अभियोगमा जेलमा छन्। गत असोजदेखि रिक्त सभामुख पदमा नेकपाभित्र अन्यौलता कायमै छ। 

यता उपसभामुख तुम्बाहाम्फे आफूले नै सभामुख पाउनुपर्ने अडानमा  छिन्। विवाद र अन्यौलताका बिच आजको बैठकले त्यसबारे निर्णय गर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *