गण्डकी प्रहरी प्रमुखमा डिआइजी चन्द

काठमाडौं । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी दुर्गा सिंह चन्दलाई जिम्मेवारी दिएको छ ।

एक सातादेखि गण्डकी प्रदेश प्रहरी प्रमुख रिक्त थियो । त्यहाँ कार्यरत डिआइजी विकासराज खनाल अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि रिक्त भएको स्थानमा सिंहलाई पठाइएको हो । सिंह यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् ।

रानीपोखरी आएको ४ महिनामै उनलाई सरुवा गरेर प्रदेश प्रहरी प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो । उनी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरकै ब्याची हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *