बलिउड काजोल भन्छिन् ‘अजय र मैले रोमान्टिक फिल्म मात्रै गर्यौ भने कस्ले हेर्ने ?’

पुस १८, भारत । बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करियरमा सशक्त भुमिकालाई जिवित बनाएकी छिन् । उनी आगामी फिल्म ‘तानाजीः द अनसङ वारियर’को प्रमोशनमा व्यस्त छिन् । उनले फिल्ममा तानाजीकी पत्नी सावित्री मालुसरेका भुमिका निभाएकी छिन् । 

काजोलले भारतिय मिडियासँग आफ्नो आगामी फिल्म तानाजीको बारेमा कुराकानी गरेकी छिन् । काजोल पहिलो पटक ऐतिहासिक फिल्ममा अभिनय गरेकी हुन् । उनले यो फिल्मको लागि निकै मिहेनत गरेको बताइन् । उनले भनिन्, ‘यो फिल्ममा मैले पहिलो पटक मराठी भुमिका निभाएकी छु । साथै यो मेरो पहिलो ऐतिहासिक फिल्म पनि हो । त्यसैले फिल्मको लागि धेरै मिहेनत गरेको छु । म दुई तीन घण्टासम्म सारी लगाएर बस्थे । सावित्री मालुसरे एक सशक्त महिलाको भुमिका हो । त्यो बेला महिला के गर्न सक्छिन्, के गर्न सक्दिनन् भनेर हेरिदैन्थ्यो । महिला पनि सब काम गर्थे र पुरुष पनि सब काम गर्थे । केहि थोरै फरकपन भएपनि त्यतिबेला हामी जसरी बस्न चाहन्थ्यौं त्यसरी बस्न पाउने स्वतन्त्रता थियो । अहिलेको जस्तो सामाजिक दबाब थिएन ।’ 

यो फिल्ममा काजोलको पति अजय देवगनले तानाजीको भुमिका निभाएका छन् । काजोल र अजय १० वर्षपछि एक साथ फिल्ममा देखिदैछन् । उनले भनिन्, ‘हाम्रो जोडी १० वर्षपछि स्क्रिनमा देखिदैछौं । किनकी हामी रेगुलर फिल्म गर्न सक्दैन्थ्यौं । हाम्रो अनस्क्रिन सम्बन्ध हो । हाम्रो विवाह भएको २० वर्ष भैसक्यो । हामी सँगै फिल्म खेल्नलाई त फरक फरक खाल्को भुमिका हुन पर्यो नि । यदि हामी रोमान्टिक फिल्ममा मात्रै काम गर्न लाग्यौ भने कस्ले हेर्ने ? ’ 

Image result for kajol with ajay devgan

उनले अजयको तारिफ गर्दै भनिन्, ‘अजय एक यस्तो अभिनेता हो । जसले हरेक प्रकारको फिल्म खेलेको छ । उनले कमेडी, एक्सन रोमान्टिक, रोमकोम, थ्रिलर सबै खाल्को फिल्ममा सफलता पाएका छन् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *